PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

कर्णालीमा ५० करोडको कोरोना विपद् व्यवस्थापन कोष, चिकित्सकलाई प्रोत्साहन भत्ता



पी बी खड्का

कर्णालीमा ५० करोडको कोरोना विपद् व्यवस्थापन कोष, चिकित्सकलाई प्रोत्साहन भत्ता

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनालाई सफल बनाउन थप रणनीति अपनाएको छ। मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा प्रतिकार्य योजनामा संलग्न चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। कार्यरत चिकित्सकको मनोबल बढाउनकै लागि उक्त प्रोत्साहन भत्ता दिने भएको हो।

प्रदेश सरकारको प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार संघीय सरकारले उपलब्ध गराउने सेवासुविधामा नदोहोरीने गरी प्रदेश सरकारले उक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने छ।

प्रदेशमा कार्यरत विशेषज्ञ चिकित्सक, छात्रवृत्ति तथा करार सेवामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई भत्ता उपलब्ध गराईने भएको छ।

प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोडको विपद् व्यवस्थापन कोषसमेत स्थापना गरेको छ। प्रदेशको दश वटै जिल्ला विपद व्यवस्थापन समितिलाई ५० लाखको दरले बजेट दिने समेत निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell