PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

‘सेल्फ क्वारेन्टाइन’बाटै गायक दीपक बज्रचार्यले गरे ‘भर्चुअल कन्सर्ट’



पहिलोपोस्ट

‘सेल्फ क्वारेन्टाइन’बाटै गायक दीपक बज्रचार्यले गरे ‘भर्चुअल कन्सर्ट’

काठमाडौं : गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल सेल्फ क्वारेन्टाइनमा छन्। कोरोनो संक्रमण विश्वभर फैलिरहँदा बज्राचार्य गत बुधवार अस्ट्रेलियाबाट नेपाल फर्किएका थिए। नेपाल फर्किएसँगै उनी ललितपुरमा छुट्टै घर लिएर हाल आफ्नो ब्यान्ड मेम्बर सहित ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेका छन्।

सरकारले देशभर लकडाउनको घोषणा गरिरहँदा बज्राचार्य भने फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन्। सोमवारदेखि भर्चुअल लाइभ प्रस्तुति शुरु गरेका बज्राचार्यले मंगलवार पनि फेसबुक लाइभ मार्फत दर्शकहरुलाई मनोरञ्जन दिए।

 

उनले ब्यान्ड मेम्बर सहित ‘हो मै मरी जाउँला सानी’, ‘अल्लारे’, ‘मनमगन’लगायतका थुप्रै गीतहरु लाइभमा प्रस्तुत गरेका थिए। उनले ‘मनमगन’र ‘अल्लारे’बोलको गीत गाउँदा दर्शकहरुले घरमै बसीबसी लाइभ कन्सर्टको आभास गरेको र प्रस्तुति हेर्दा रमाइलो लागेको प्रतिक्रिया दिए।

साथै उनले उक्त भिडियो मार्फत सबैलाई कोरोनाको संक्रमणबाट बच्न सतर्कता अपनाउन समेत आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell