PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'जाइ फूलको बासना सबैजना क्वारेन्टानमै बस न'



पहिलोपोस्ट

'जाइ फूलको बासना सबैजना क्वारेन्टानमै बस न'

काठमाडौं : कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ। यसैबीच फिल्मको छायांकनदेखि प्रदर्शनसम्मका कामहरु स्थगित हुँदा अधिकांश कलाकारहरु फुर्सदमा छन्।

घरमै समय बिताइ रहेका कलाकारहरु सामाजिक सञ्जालमार्फत् कोरोना भाइरसविरुद्ध सावधानीका सन्देश प्रवाह गर्दैछन्। केही भने ‘सेल्फ क्वारेन्टाइन’बाट नै दर्शक, स्रोतालाई मनोरञ्जन दिलाइ रहेका छन्।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले हालै फेसबुकमा एउटा भिडियो पोस्ट गरेका छन्। जसमा उनीहरु घरमै बसेर परिवारको साथमा रमाइ रहेका छन्। एकअर्कासँग दोहोरी खेलिरहेका उनीहरुले गीतमार्फत् नै चेतनामूलक सन्देश समेत दिएका छन्। उनीहरुले सबैजनालाई क्वारेन्टाइनमा परिवारको साथमा बस्न आग्रह गरेका छन्।

गीतमा उनीहरु भन्छन् :

‘हात मुख धोऔं, स्यानिटाइजर लगाऔं 

कोरोनालाई गेटबाटै भगाऔं 

जाइ फूलको बासना, सबैजना क्वारेन्टाइनमै बस न।’ 

सचेतनामूलक भिडियोको तारिफसमेत भइरहेको छ। एक फेसबुक प्रयोगकर्ताहरुले कमेन्ट बक्समा लेखेका छन्, ‘यो सब कुरामा मनोरञ्जन अनि सचेतना पनि छ। कति कोरोनाको त्रासपूर्ण समाचार मात्रै हेर्नु। यो गीतले आराम दियो। धन्यवाद दाइ दिदी। राम्रो छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell