PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोनापछि चीनमा देखियो हन्ता भाइरस, एक जनाको मृत्यु



पहिलोपोस्ट

कोरोनापछि चीनमा देखियो हन्ता भाइरस, एक जनाको मृत्यु

काठमाडौं: कोरोना भाइरसले विश्वमा महामारीको रुप लिइरहेका बेला चीनमा हन्ता भाइरसबाट एक जनाको मृत्यु भएको छ।

चिनियाँ राष्ट्रिय अंग्रेजी पत्रिका ग्लोबल टाइम्सका अनुसार युनान प्रान्तका ती व्यक्तिको सोमबार मृत्यु भएको हो। उनको स्वास्थ्य परीक्षण रिपोर्टमा हन्ता भाइरस पोजेटिभ देखिएको थियो।

सान्डंग प्रान्तमा कामका लागि चार्टर्ड बसबाट आएका ती व्यक्तिको मृत्यु भएपछि बसमा रहेका अन्य ३२ जना यात्रुको पनि स्वास्थ्य परीक्षण गरिएको छ।

रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडिसी) रिपोर्टका अनुसार हन्ता भाइरस मुसाबाट फैलिन्छ। हन्ताको संक्रमण देखिन एकदेखि ८ हप्तासम्म लाग्न सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell