PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

कोरोना कोषमा एनसेलको १० करोड रुपैयाँ सहयोग



पहिलोपोस्ट

कोरोना कोषमा एनसेलको १० करोड रुपैयाँ सहयोग

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड रुपैयाँ दिएको छ।

यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने कम्पनीले जनाएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरे।

'सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ। कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं। सरकारको यो शतप्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ', सचिव बिडारीले भने।

'एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको १० करोड रुपैयाँ सहयोग यसकै निरन्तरता हो। यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं। कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई यो रकमले सहयोग हुनेछ,' एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्गले भने।

स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पुर्याउँदै ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको दाबी गरेको छ। शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापनमा सहयोग गर्दै आएको कम्पनीले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell