PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

लकडाउनको समयमा पनि बिहान र साँझ खाद्यान्न पसल खुला रहने



रासस

लकडाउनको समयमा पनि बिहान र साँझ खाद्यान्न पसल खुला रहने

तनहुँ : तनहुँमा हरेक दिन बिहान र साँझको समयमा खाद्यान्न पसल खुल्ने भएको छ। विपद् व्यवस्थापन समितिको आज सम्पन्न बैठकले अत्यावश्यक खाद्य पदार्थ लगायतका सामग्रीको सर्वसुलभ व्यवस्थापन गर्नका लागि हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल खुला रहने निर्णय गरेको हो।

कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई कम गर्न लकडाउन गरिएको अवस्थामा खाद्यान्नको व्यवस्थापन गर्नका लागि पसल खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।

‘समितिले निर्धारण गरेको समय बाहेक अरु समयमा खाद्यान्न पसल बन्द रहनेछन,’ उनले भने।

बैठकले जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा आवश्यकता अनुसार वडा वडामा निगरानी कक्ष (क्वारेन्टाइन)को स्थापना गर्न सम्पूर्ण स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताए। कोभिड–१९ सम्बन्धी सूचना प्रवाहलाई व्यवस्थित गर्नका लागि जनस्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीलाई फोकल पर्सन तोकिएको छ।

कोरोना भाइरस सम्बन्धी जानकारी लिनुपरेमा जिल्लाका विभिन्न अस्पतालका प्रमुखहरुको नाम र मोवाइल नम्बर सार्वजनिक गरिएको छ। जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका डा रामकुमार श्रेष्ठ ९८४१२९५९६४, दमौली अस्पतालका डा सुनिल पौडेल ९८४१४६१५९५, डा रामहरि दाहाल ९८६०३९७३५१, डा विवश ढकाल ९८६२९२३७८०, डा शान्ति पोख्रेल ९८४६२६३८६१, खैरेनीटार स्वास्थ्य चौकीका डा इला थापा ९८४६३९६७५२ मा सम्पर्क गरी जानकारी लिन सकिने छ।

यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र भीमादका डा प्रकाश नेपाली ९८४५५४५४८४, प्राथमिक स्वास्थ्य केन्द्र पुरनडिहीका डा सुमन प्रधान ९८६४४४२९३७, नगरस्तरीय अस्पताल कालीमाटीका डा हेमराज पौडेल ९८४९७११९५२ र बन्दीपुर अस्पतालका डा डिबी क्षेत्री ९८५२०३१०५२ नम्बरमा सम्पर्क गरी जानकारी लिन सकिने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell