PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

भारतबाट फर्किएका एक जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना, १० जना होम क्वारेन्टाइनमा



रासस

भारतबाट फर्किएका एक जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना, १० जना होम क्वारेन्टाइनमा
फोटो : सिन्धुली अस्पताल/फेसबुक

सिन्धुली : सिन्धुली अस्पतालमा आज थप एक जनालाई कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ। अरु १० जनालाई भने क्वारेन्टाइनमा राखिएको छ।

भारतबाट नेपाल फर्केका कमलामाई नगरपालिका वडा नम्बर २ का १९ वर्षीय एक युवकलाई आइसोलेसनमा भर्ना गरिएको हो। भारत सिलगुढीबाट सोमवार घर आएका उनलाई खोकी लागेपछि आइसोलेसनमा भर्ना गरिएको हो।

उनलाई सिलगुढीमै ज्वरो आएको र सिन्धुली फर्केपछि खोकी लागेकाले सिन्धुली अस्पतालमा आएका थिए। उनको स्वास्थ्यवस्था सामान्य भएको अस्पतालका डा  प्रसन्न राजभण्डारीले बताए। उनका अनुसार युवकको स्वाब परीक्षणका लागि नमूना संकलन गरी काठमाडौंस्थित टेकु अस्पताल पठाइएको छ।

यस्तै भारतमा रोजगारीका लागि गएर फर्केका १०  युवालाई आज होम क्वारेन्टाइनमा राखिएको छ। उनीहरु सिन्धुलीका स्थानीय बासिन्दाले घरमा बस्न नदिएपछि सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका थिए। उनीहरुले क्वारेन्टाइनमा बस्न रुचि देखाएपछि अस्पतालले होम क्वारेन्टाइनमा राख्न सिफारिस गरेको डा राजभण्डारीले बताए।

अस्पतालमा गत बुधबार ज्वरो अत्यधिक आएपछि अस्पताल ल्याइएका कमलामाई नगरपालिका वडा नम्बर ७ का ८१ वर्षीयलाई अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि भर्ना गरिएको अस्पतालले जनाएको छ। उनको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell