PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

क्वारेन्टाइन तोडफोड गरी फरार ११ जना जाजरकोटमा फेला



रासस

क्वारेन्टाइन तोडफोड गरी फरार ११ जना जाजरकोटमा फेला

जाजरकोट : नेपालगञ्ज बहुमुखी क्याम्पसबाट सोमवार क्वारेन्टाइन तोडफोड गरी भागेकामध्ये ११ जना जाजरकोट पुगेको पाइएको छ। ११ जना बेलुकी राति जिल्लाको भेरी नगरपालिका-११ पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए।

नगर प्रमुख घर्तीका अनुसार उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए। भेरी नगरपालिकाबाहेक शिवालय जुनिचाँदेमा समेत उनीहरुमध्ये कोही प्रवेश गरेको आशंका गरिएको छ। जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्वारेन्टाइनमा राख्नका लागि पहल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell