PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

इटालीमा स्थिति भयावह, मंगलबार मात्र ७४३ जनाको मृत्यु



पहिलोपोस्ट

इटालीमा स्थिति भयावह, मंगलबार मात्र ७४३ जनाको मृत्यु
PHOTO : Getty Images

काठमाडौं: कोरोना भाइरसको तीव्र संक्रमणले इटालीमा स्थिति नियन्त्रण बाहिर गएको छ। मंगलबार मात्र ७ सय ४३ जनाको मृत्यु भएको छ। यो सोमबारको तथ्यांकभन्दा १४१ जनाले बढी हो। लकडाउन घोषणा गरिए पनि यहाँ दुई सातायता मृत्युदर घट्ने संकेत देखिएको छैन। दिनप्रतिदिन बढ्दो छ।

मंगलबार ७ सय ४३ जनाको मृत्यु भएसँगै इटालीमा मर्नेको संख्या ६ हजार ८ सय २० पुगेको रोयटर्सले जनाएको छ। संक्रमितको संख्या ६९ हजार १७६ पुगेको छ।

आइतबार र सोमबार मृतकको संख्यामा थोरै कमी आए पनि इटालीमा मंगलबार फेरि बढको छ। कोरोना भाइरसको संक्रमण चीनको वुहानबाट सुरु भए पनि मृतक संख्या इटालीमा सधैभन्दा धेरै पुगेको छ। इटालीमा गत शनिबार अहिलेसम्मकै धेरै एकैदिन ७ सय ९३ जनाको मृत्यु भएको थियो।

इटालीको उत्तरी इलाका कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ। विशेषज्ञहरुले इटालीमा वृद्ध, जेष्ठ नागरिक धेरै भएकाले मृत्युदर बढेको बताइरहेका छन्। सांस्कृतिक र सामाजिक गतिविधिले संक्रमण फैलाउन मद्दत गरेको उनीहरुको निष्कर्ष छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १८६ देशमा कोरोनाको संक्रमण देखिएको छ। करिब ४ लाख मानिस संक्रमित छन् भने मर्नेको संख्या १६ हजार ५ सय नाघेको छ। करिब १ लाख विरामी उपचारपछि घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell