PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ११ पुग्यो, तमिलनाडुमा पहिलोपटक संक्रमितको मृत्यु



पहिलोपोस्ट

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ११ पुग्यो, तमिलनाडुमा पहिलोपटक संक्रमितको मृत्यु
PHOTO : PTI

काठमाडौं: भारतको तमिलनाडु राज्यमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाबाट मर्नेको संख्या ११ जना पुगेको छ।

तमिलनाडुको मदुराईका ५४ वर्षीय व्यक्तिलाई गत सोमबार (२३ मार्च) मा कोरोनाको संक्रमण देखिएको थियो। राजाजी अस्पतालमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको तमिलनाडुका स्वास्थ्यमन्त्री सी विजयबास्करले जानकारी दिएको पिटिआईले जनाएको छ।

ती व्यक्ति अनियन्त्रित मधुमेह र उच्च रक्तचापका रोगी थिए।

तमिलनाडुमा मंगलबारसम्म कोरोनाबाट १८ जना संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell