
काठमाडौं : सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी बिहान ८ बजेबाट बन्द भएको छ। बिहानदेखि बजार सुरु भएको थियो। कोरोना संक्रमणका कारण लकडाउन भएको दोस्रो दिन ८ बजेसम्म बजार खुलेको हो।
बजार खुले पनि थोक बजार भएकाले मानिसहरुको भिड भने थिएन। ८ बजेअघिसम्म तरकारी बजार पुग्नेलाई भित्र जान दिइएको थियो भने त्यसपछि मुल ढोकामा नै ताल्चा लगाइएको छ।
सरकारले अति आवश्यक सेवालाई संचालन गर्ने निर्देशन दिएपछि व्यवस्थित तरिकाबाट कसरी चलाउन दिने भन्ने तय गरिसकेको छैन। त्यसैले तरकारी तथा खाद्यान्न लगायतका पसल खुला हुनसक्ने या नसक्ने भन्ने यकिन हुन सकेको छैन।
मानिसहरुबीच सम्पर्क नहोस् भन्ने हिसाबले लकडाउन भए पनि यस्ता बजार जोखिमको केन्द्र रहन सक्छ। त्यसैले सतर्कता अपनाउनुको विकल्प छैन। तर, यही अवस्थामा कसरी उपभोग्य वस्तुहरुको सप्लाइ तथा वितरण मिलाउने भन्ने ठोस रणनीति बनिसकेको पनि छैन। न त यसबारे पर्याप्त सूचना प्रवाह नै भएको छ।