PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

बौरियो वुहान : दुई महिनाको कठिन लकडाउनपछि सामान्य बन्दै जीवन

बौरियो वुहान : दुई महिनाको कठिन लकडाउनपछि सामान्य बन्दै जीवन

पहिलोपोस्ट /पहिलोपोस्ट


वुहान। कोभिड-१९ को आउटब्रेक इपिसेन्टर। सामान्य जीवनमा फर्किने तयारी गर्दै छ। मंगलवार त्यहाँका स्थानीय अधिकारीहरुले अप्रिल ८ देखि लगातार रुपमा लगाइएको यात्रा प्रतिबन्ध पूर्णरुपमा हटाउने घोषणा गरेको छ।

यससँगै हुवेइ प्रान्तको राजधानी वुहानका जनता शहरबाहिर जान पाउने छन्। तर, त्यसका लागि उनीहरुले आफूसँग 'ग्रिन हेल्थ कोड' राखेको हुनुपर्ने छ। यसको मतलव कुनै पनि कोभिड-१९ का संक्रमित वा शंकास्पद व्यक्तिसँग सम्पर्कमा नरहेको प्रमाणित गरेको डिजिटल कार्ड देखाउनुपर्ने हुवेइ प्रान्तको कोभिड-१९ नियन्त्रण मुख्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

वुहानले यहाँका व्यवसाय खुला गर्दा हुनसक्ने स्वास्थ्य चुनौतीलाई मध्यनजर राख्दै विभिन्न उपायहरु अपनाउने बताएको छ।

हुवेइका अन्य क्षेत्रमा भने यातायातमा लगाइएको प्रतिबन्ध आज बुधवारदेखि खुला गरिने छ। अब ग्रिन कोड र नेगेटिभ न्युक्लिक एसिड टेस्ट रिजल्ट भएका अन्य प्रान्तमा काम गर्ने कामदारहरुलाई हुवेइ प्रान्त बाहिर जान दिइने छ। हुवेइमा विद्यालयहरु भने अर्को सूचना नआउँदा सम्मका लागि खोलिने छैन।

जनवरी २३ मा वुहानले अत्यावश्यक बाहेकका आउजाउमा रोक लगाउँदै शहरका सबै सार्वजनिक यातायात बन्द गराएको थियो। त्यस्तै हवाइ सेवा तथा रेल यातायात पनि बन्द गरिएको थियो। त्यस्तै, प्रतिबन्द वुहान बाहेक हुवेइका अन्य क्षेत्रमा पनि लगाइएको थियो।

सोमवार यहाँ कुनै नयाँ संक्रमण देखिएन। पाँच दिनदेखि लगातार नयाँ संक्रमण नदेखिएपछि वुहान पूर्ववत अवस्थामा फर्किने तयारी गरिरहेको छ।

काममा जानुअघि निरोगिताको डिजिटल प्रमाण ग्रिन कोड देखाउँदै युवती
वुहान प्रवेश गर्न अनुमतिका लागि पङ्तिवद्ध कारहरु
काममा जाँदै वुहानका मानिसहरु।


ट्रेन्डिङ पोस्ट

Ncell