PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

लकडाउनमा प्रहरीसँग लफडा गर्ने २ जना पक्राउ, सुनसान विराटनगरमा भाटभटेनीको ग्रोसरी चाहिँ खुला



पहिलोपोस्ट

लकडाउनमा प्रहरीसँग लफडा गर्ने २ जना पक्राउ, सुनसान विराटनगरमा भाटभटेनीको ग्रोसरी चाहिँ खुला

विराटनगर : विराटनगर महानगरपालिकामा लकडाउनको उल्लङ्घन गर्ने २ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा विराटनगर बखरीका ३४ वर्षीय दशरथ शाह र कञ्चनबाडीका ३२ वर्षीय नीतेश शर्मा छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार दुवैले लकडाउनको उल्लङ्घन गर्दै प्रहरीसित वादविवाद गरेपछि नियन्त्रणमा लिइएको हो।

प्रहरीले बुधवार बिहान नै १ सय मोटर साइकल, १८ साइकल र १८ वटा सिटी रिक्सा पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीले विराटनगरको गुद्री बजारको सबै तरकारी पसल बन्द गराएको छ। गुद्रीमै रहेका खाद्यान्नका सबै किराना पसल पनि बन्द गराएको छ।

विराटनगरमा भाटभटेनी सुपर स्टोर हिजो बन्द भए पनि आजदेखि सञ्चालनमा आएको छ। भाटभटेनीमा ग्रोसरी मात्र उपलब्ध हुने प्रबन्धक विनोद भट्टराईले बताए।

यसबाहेक ग्रोसरीका लागि अन्य दुई सपिङ कम्प्लेक्स सेन्ट्रल मल र आरके सिटी सेन्टर पनि खुला छन्।

लकडाउनका कारण विराटनगरको मुख्य बजार बन्द छ। मेन रोड सुनसान छ। तर, भित्रभित्रको टोले पसलहरू भने आधा सटर लगाएर सञ्चालनमा छन्।

गुद्री बजार बन्द गराएपछि विराटनगरमा हरियो तरकारीको अभाव भएको छ। पसलेहरूले आफूले बिक्री गर्न ल्याएको तरकारी पसलमै थन्क्याएर उनीहरू आआफ्ना घरतर्फ लागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell