PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कोरोना संक्रमित बोकेर नेपाल भित्रिएकै विमानमा यात्रारत युवक भन्छन् : सेल्फ आइसोलेसनमा छु, डराउनुपर्ने केही छैन



मुकुन्द घिमिरे

कोरोना संक्रमित बोकेर नेपाल भित्रिएकै विमानमा यात्रारत युवक भन्छन् : सेल्फ आइसोलेसनमा छु, डराउनुपर्ने केही छैन
टेकुमा परीक्षण गर्दै एक युवक। फाइल फोटो

काठमाडौं : अहिलेसम्म उनमा कुनै संक्रमणको संकेत छैन। तर, त्रसित छन्। इलाममा रहेको आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा छन् उनी। सचेत हुँदाहुँदै पनि आफन्तहरु उनीसँग टाढै रहन रुचाउँछन्। यसो हुनुको कारण बन्यो - कोरोना संक्रमित चढेकै विमानबाट काठमाडौं उत्रिनु।

१७ तारिकमा दोहाबाट काठमाडौं उत्रिएका हुन् उनी। त्यही विमानमा आएकी १९ वर्षीया किशोरी यतिखेर कोरोना संक्रमणकै कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन्। सुरक्षित अवस्थामा उनको उपचार भइरहेको छ। सम्भवत छिट्टै उनी घर फर्किन पनि पाउनेछिन्। तर, यिनै किशोरीमा देखिएको संक्रमणले धेरैलाई अत्याएको छ। त्यसमध्येका एक हुन् इलामका ती युवक।

कस्तो छ त उनको अवस्था?

‘स्वास्थ्य परिक्षण गरेँ। धेरै हुदा ९८ डिग्री मात्र जरो छ,’ उनले भने।

मार्च १७ तारिकमा काठमाडौंबाट बसबाट उनी इलाम लागे। १९ तारिकमा इलाम पुगेका हुन् उनी।

अहिलेसम्म उनमा कुनै लक्षण देखिएको छैन। सेल्फ आइसोलेसनमा रहेका उनीसामु कोही पुग्दैन भने उनी पनि सुरक्षित रहन एक्लै छन्।

‘एयरपोर्टमा हामीलाई चेक गरेको थियो। त्यसमा केही देखिएन। सेनिटाइजरहरुको प्रयोग गर्दै आएको थियौं। अवस्थाबारे हामीलाई राम्रो जानकारी थियो,' उनले भने, 'मास्क र ग्लोभ्स पनि प्रयोग गरेर आयौं। सुरक्षित नै आयौं।’

उनलाई आफूसँगै विमानमा यात्रा गरेको कसैमा कोभिड १९ को संक्रमण छ भन्ने थाहा हुने कुरै भएन। गएको आइतवार चाहिँ उनले खबर पाए - त्यही फ्लाइटमा आएकी किशोरीमा कोरोना देखियो। फोनबाट पाएको जानकारिपछि उनी थप सचेत भएका थिए।

'यहाँ आएपछि त्यस्तो असर त केही भएन। त्यही पनि एकदुई दिन त आइसोलेसनमै बसेँ। केही इन्फर्म गरिएको थिएन त्यतिबेला हामीलाई,' उनले भने, 'त्यसपछि सुरक्षित रहेर बाहिर निस्किएँ तर गाँउ धेरै डुलेको छैन।’

विमानस्थाल र विमानभित्रबाट संक्रमण सर्ने सम्भावना अधिक हुने भएकाले उनी सतर्क रहेका छन्। अहिलेसम्म कुनै सिम्टम नदेखिएका निर्धक्क पनि। तर, सम्भावित जोखिमबारे सचेत पनि।

‘मैले प्रशासनलाई जानकारी दिएर के गर्नुपर्छ म गर्न तयार छु भनिसकेको छु,' उनले भने, 'एक पटक इलाम अस्पतालमा जाँच गरेर अहिले सेल्फ आइसोलेसनमा छु। छुट्टै कोठमा बसेको छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell