PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

चैत २३ गते बस्नेगरी १३ गते डाकिएको बैठक स्थगित



पहिलोपोस्ट

चैत २३ गते बस्नेगरी १३ गते डाकिएको बैठक स्थगित

काठमाडौं : संघीय संसदको प्रतिनिधि सभा बैठक चैत २३ गते आइतबार बस्ने भएको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचनाअनुसार चैत १३ गतेका लागि डाकिएको बैठक स्थगित गरिएको छ।

कार्यवाहक महासचिव गोपालनाथ योगीले जारी गरेको सूचनाअनुसार कोभिड-१९ भाइरसको सम्भावित संक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको कारण पूर्व निर्धारित बैठक स्थगित गरिएको र नयाँ मिति तय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell