PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

गायिका कनिका कपूरको कोरोना रिपोर्ट तेस्रो पटक पनि पोजेटिभ नै



पहिलोपोस्ट

गायिका कनिका कपूरको कोरोना रिपोर्ट तेस्रो पटक पनि पोजेटिभ नै

लखनऊ : कोरोना संक्रमित भारतीय गायिका कनिका कपूरको तेस्रो पटकको स्वास्थ्य परीक्षण रिपोर्ट पोजेटिभ नै आएको छ।

मंगलबार राति तेस्रो सार्वजनिक रिपोर्टले उनको शरीरमा कोरोना भाइरस अझै जिवितै रहेको देखाएको हो। आइतबार सार्वजनिक दोस्रो रिपोर्ट पोजेटिभ देखिएको थियो।

कनिकाको लखनऊस्थित सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचार भइरहेको टाइम्स अफ इण्डियाले जनाएको छ। संस्थानका निर्देशक प्राडा आरके धिमानले कम्तीमा दुई वटा रिपोर्ट नेगेटिभ नआएसम्म स्वास्थ्य परीक्षण तथा उपचार जारी रहने बताएका छन्।

यद्यपि, कनिकाका साथी ओजस देसाईको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। यस महिनाको सुरुवातमा कनिका एक पार्टीमा सहभागी भएकी थिइन्। जहाँ राजनीतिज्ञ, व्यापारी, सामाजिक अगुवा लगायत प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell