PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

थप एक जनामा कोरोना पोजेटिभ : नेपालमा देखिएको तेस्रो केस



पहिलोपोस्ट

थप एक जनामा कोरोना पोजेटिभ : नेपालमा देखिएको तेस्रो केस

काठमाडौं : नेपालमा कोरोनाको तेस्रो केस फेला परेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक विरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

कोरोना संक्रमण देखिएपछि एक किशोरीको टेकुमै उपचार भइरहेको छ। एकजना भने पूर्ण स्वस्थ भएर फर्किसकेका छन्।

दुई जना आइसोलेसनमा अझै रहेका छन्। अहिलेसम्म नेपालमा कूल ६ सय ८७ जनामाथि कोरोनाको परीक्षण गरिसकिएको छ। तीमध्ये ६ सय ८४ जनामा नेगेटिभ रिजल्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell