PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

काभ्रे लकडाउन उल्लङ्घन गर्ने ६० सवारी साधन नियन्त्रणमा



पहिलोपोस्ट

काभ्रे लकडाउन उल्लङ्घन गर्ने ६० सवारी साधन नियन्त्रणमा
फाइल फोटो

काभ्रेः काभ्रे प्रहरीले लकडाउन उल्लङ्घन गर्ने सवारी साधन कुदाउनेलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयले मध्यान्ह १२ बजेसम्म ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो। सरकारले घोषणा गरेको नियम लाई ध्यान दिदै  सवारी साधनहरु नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए।

प्रहरीले १ सय ४३ वटा मोटरसाइकल, स्कुटर ११ वटा, कार ३ वटा,  मिनिट्रक २ वटा लगायत सवारी नियन्त्रणमा लिएको हो।

यसरी नियन्त्रणमा लिएका सवारी साधनलाई सम्झाइबुझाइ घरतर्फ नै फर्काइएको प्रहरीले जानकारी दिएको छ।

अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र घरबाट ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell