PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

राजपाका सांसदहरुले कोरोना रोकथाम कोषलाई १५ दिनको तलब दिने



पहिलोपोस्ट

राजपाका सांसदहरुले कोरोना रोकथाम कोषलाई १५ दिनको तलब दिने
फाइल फोटो।

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई १५ दिनको तलब दिने भएका छन्।

पार्टीका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीको निर्देशन अनुसार संघीय संसदहरुको १५ दिनको तलब कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिए।

झाले भने, ‘हाम्रो पार्टीको संयोजक शरतसिंह भण्डारीको निर्देशन अनुसार संघीय सांसदहरुको १५ दिनको तलब कोरोना भाइरस रोकथाम कोषमा जम्मा गर्ने निर्णय भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell