PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

परराष्ट्रमन्त्री ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत लिए विदेशमा रहेका नेपालीको जानकारी



पहिलोपोस्ट

परराष्ट्रमन्त्री ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत लिए विदेशमा रहेका नेपालीको जानकारी

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले विभिन्न देशमा रहेका नेपाली नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन्।

मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपाली नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत मन्त्री ज्ञवालीले जानकारी लिएका हुन्। सो भिडियो कन्फ्रेन्समा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसमेत सहभागी थिए।

छलफलमा ती देशमा कोभिड-१९ को संक्रमण, नेपालीहरुको अवस्था र ती देशमा रहेका नेपालीहरुको रोजगारीमा पर्न सक्ने सम्भावित प्रभावका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि मन्त्री ज्ञवालीले खाँडी मुलुकहरुमा रहेका नेपाली नियोगका प्रमुखहरुसँगसमेत भिडियो कन्फ्रेन्सबाट छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell