काठमाडौं : कोभिड - १९ को प्रकोप बढेसँगै स्वास्थ्य सेवा विभागले ७८ जना स्वास्थ्यकर्मीलाई करारमा लिन आवेदन खुलाएको छ।
विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोभिड - १९, रोकथाम तथा नियन्त्रण सम्बन्धी काममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको हो। सात दिनभित्र निवेदन दिन विभागले आग्रह गरेको छ।
विभागले एनेस्थेसियोलोजिस्ट ४ जना, एमडी (क्रिटिकल केयर/इन्टरनल मेडिसिन) ४ जना, मेडिकल अधिकृत १६ जना, नर्सिङ अधिकृत ४ जना र स्टाफ नर्स ५० जनाका लागि आवेदन खुला गरेको हो। एनेस्थेसियोलिजस्ट र एमडीले नवौं तहको सेवा सुविधा पाउने व्यवस्था गरेको छ भने मेडिकल अधिकृत आठौं तहको सेवा सुविधा पाउनेगरी माग गरेको छ। मेडिकल अधिकृतले छैटौं, नर्सिङ अधिकृत सातौं र स्टाफ नर्स पाँचौं तहको सुविधा पाउने गरी आवेदन खुलाएको हो।
तत्काल चाहिएकाले पहिलो आवेदकले पहिलो प्राथमिकता पाउने गरी आवेदन खुला गरेको हो।