
चिनियाँ व्यवसायी तथा अलिबाबा फाउन्डेसनका प्रमुख ज्याक माले पठाएको एन ९५ माक्स बोकेर चिनयाँ जहाज पाकिस्तानका लागि उडेको छ।
चिनियाँ जाइन्ट इकमर्स कम्पनी अलीबाबाका संस्थापक एवम् एसियाका सबैभन्दा धनाढ्य ज्याक माले शनिवारमात्र कोरोना भाइरस संक्रमण रोकथामका लागि एसियाली मुलुकलाई सहयोगको घोषणा गरेका थिए।
उनले नेपाल, अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान र श्रीलंकालगायत देशलाई मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गर्ने उनले बताएका थिए।
ज्याकमाले १० लाख ८ हजार मास्क, २ लाख १० हजार कोरोना टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर सहयोगको घोषणा गरेका हुन्।
सोही अनुरुप पहिलो चरणमा एन ९५ सर्जिकल मास्क बोकेको विमान चीनबाट पाकिस्तानका लागि उडेको पाकिस्तानका लागि चिनियाँ दूतावासले जनाएको छ।
A plane bound for Pakistan carrying N95 and surgical masks sponsored by China's @JackMa Foundation and the Alibaba Foundation has taken off. China is standing together with Pak through thick and thin!🇨🇳🇵🇰#COVID_19 #ChinaPakSolidarity @ForeignOfficePk @MFA_China pic.twitter.com/N2eIUCM060
— Chinese Emb Pakistan (@CathayPak) March 25, 2020
चीनमा कोभिड-१९ को संक्रमण विरुद्ध लड्न चिनियाँ सरकारलाई आर्थिकसहित स्वास्थ्य तथा अनुसन्धानमा सहयोग पुर्याएको ज्याक मा फाउन्डेशनले चीनमा कोभिड-१९ को संक्रमण नियन्त्रण तर्फ जाँदै गर्दा बाँकी विश्वलाई पनि सहयोगको हात बढाएको छ।
यसअघि फाउन्डेसनले अमेरिकालाई मास्कसहित टेस्ट किटसमेत सहयोग गरेको थियो। फाउन्डेशनले अमेरिकालाई पाँच लाख परीक्षण किट तथा १० लाख मास्क सहयोग गरेको थियो।
त्यस्तै, यस अवधिमा जापान, कोरिया, स्पेन, इरान, कम्बोडिया, इटाली लगायतका देशहरुमा समेत सहयोग गरिसकेको छ।
त्यस्तै, आइतवार पनि उनले दक्षिण अमेरिकाका २४ देशलाई २० लाख मास्क, चार लाख मास्क र १०४ वटा भेन्टिलेटर सहयोग गर्ने घोषणा गरेका थिए।
आइतवार नै ज्याक मा फाउन्डेसनले अफ्रिकी देशहरुका लागि ११ लाख टेस्टिङ किट, ६० लाख मास्क र ६० हजार प्रोटेक्टिभ सुट अफ्रिका पठाएको थियो।
ज्याक माले 'एउटै विश्व एउटै लडाई' नारासहित सहयोगको घोषणा गर्दै आएका छन्। सोही अनुरुप ज्याक मा फाउन्डेशनले 'एउटा विश्व एउटै मुटु एउटै लक्ष्य' नारासहित सहयोग पठाइरहेको छ।