PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सीमा बन्द र अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चद्वारा अस्वीकार



पहिलोपोस्ट

सीमा बन्द र अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ : विदेशबाट फर्कन चाहने नेपालीलाई नरोक्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ। सीमा नाका बन्द र अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता माधव बस्नेत तथा मीना खड्का बस्नेतले रिट दायर गरेका थिए। 

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले दुवै पक्षलाई अन्तरिम छलफलका लागि बोलाएको छ। अदालतले चैत २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको हो। 

एकल इजलासले सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्नुृका कारण विपक्षीसँग माग गरेको पनि छ। 

विपद्का समयमा नागरिकलाई राज्य स्वयमले उद्दार लगायतका कार्य गर्नुपर्नेमा प्रवेश नै निषेध गर्नु मानव अधिकारको आधारभूत मान्यता विपरीत भएको भन्दै रिट दर्ता भएको थियो। सीमा नाका र उडान बन्द गर्दा नागरिक मर्कामा परेको निवेदनमा जिकिर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell