PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कोरोना प्रकोपमा लकडाउन: मजदुरलाई पाँच-पाँच हजार राहत दिने केजरीवालको घोषणा



पहिलोपोस्ट

कोरोना प्रकोपमा लकडाउन: मजदुरलाई पाँच-पाँच हजार राहत दिने केजरीवालको घोषणा

काठमाडौं: भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मजदुरहरुलाई ५/५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेका छन्।

कोरोना भाइरसको संक्रमण बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनका लागि देशभर लकडाउन घोषणा गरेका बेला केजरीवालले मंगलबार साझ दिल्लीमा निर्माण कार्यमा संलग्न सबै मजदुरलाई ५/५ हजार दिइने बताए।

लकडाउनका कारण दैनिक मजदुरी गर्ने मजदुरको रोजिरोटी खोसिएकाले राहतस्वरुप प्रतिमजदुर ५ हजार दिने उनको भनाई छ। सबै मानिसको जीवन रक्षाका लागि लकडाउन र कर्फ्यूजस्ता कठोर कदम चालिएको बताउँदै केजरीवालले दिल्लीमा कोही भोको नमर्ने स्पष्ट पारे।

यससँगै दिल्ली बिल्डिंग एण्ड अण्डर कन्स्ट्रक्शन वर्कर्स बोर्ड मातहत काम गरिरहेका ४ लाख मजदुरले राहत पाउनेछन्। पैसा सिधै मजदुरको खातामा पठाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell