PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अवैध सेनिटाइजर बिक्रि गर्ने एक आयुर्वेदिक मेडिकललाई २० हजार जरिबाना



एम बम

अवैध सेनिटाइजर बिक्रि गर्ने एक आयुर्वेदिक मेडिकललाई २० हजार जरिबाना

कैलाली : अवैध रुपमा सेनिटाइजर बिक्रि गर्ने धनगढीको शैलेश्वरी आयुर्वेदिक मेडिकल हलका सञ्चालकलाई २० हजार जरिबाना गरिएको छ।

अनुगमनका क्रममा उत्पादन मिति, कम्पनी, खरिद बिलनै नभएको सेनिटाइजर बिक्रि गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार २० हजार जरिबाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले जनाएको छ।

कार्यालय प्रमुख कमलबहादुर पुनमगरले उपभोक्ता संरक्षण ऐन अनुसार अनुचित कार्य गरेको पाइएपछि मेडिकल सञ्चालकलाई जरिबाना गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell