PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

कैलालीमा ‘लकडाउन’को कडाइका लागि ७ सय बढी सुरक्षाकर्मी परिचालन



एम बम

कैलालीमा ‘लकडाउन’को कडाइका लागि ७ सय बढी सुरक्षाकर्मी परिचालन

कैलाली : कोरोना भाइरस (कोभिड १९)को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रको लागि सरकारले लागू गरेको ‘लकडाउन’लाई प्रभावकारी बनाउन कैलालीमा ७ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले ७ सय ४५ भन्दा बढी सुरक्षाकर्मी ठाउँ ठाउँमा खटाइएको बताए। उनले लकडाउन उल्लंघन गर्नेको संख्या हिजो भन्दा आज केही मात्रामा कम भएको बताए।

बुधवार बिहानदेखि अहिलेसम्म लकडाउन उल्लंघन गरी सञ्चालन गरिएका ९२ सवारी साधन नियन्त्रणमा लिइएको उनको भनाइ छ। सवारी साधन नियन्त्रणमा लिए पनि चालक र सवारहरूलाई भने सम्झाएर छोड्ने गरिएको छ। प्रहरीले हिजो पनि लकडाउन उल्लंघन गर्ने डेढ सय बढी सवारी साधन नियन्त्रणमा लिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell