PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भक्तपुरमा ७३ जना होम क्वारेन्टाइनमा, अधिकांश विदेशबाट फर्किएका



पहिलोपोस्ट

भक्तपुरमा ७३ जना होम क्वारेन्टाइनमा, अधिकांश विदेशबाट फर्किएका
खरिपाटीमा रहेको क्वारेन्टाइन स्थलको हो

काठमाडौः कोरोना भाइरसको संक्रमणको आशंका भएका मानिसलाई सम्बन्धित प्रशासनले क्वारेन्टाइनमा राख्ने गरेको छ।

भक्तपुर जिल्लामा पनि धेरै मानिसलाई आशंकाको घरमा क्वारेन्टाइनमा राखिएको छ। भक्तपुरका विभिन्न ठाउँमा ७३ जनालाई होमक्वारेन्टाइनमा राखिएको छ। नेपाल प्रहरी, स्थानीय निकायलको निगरानीमा उनीहरुलाई होमक्वारेन्टाइनमा राखिएको हो।

'अहिलेसम्म आशंका गरिएका ७३ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। तर उनीहरुमा कुनै त्यस्तो संकेत देखिएको जानकारी आएको छैन,' महानगरीय प्रहरी परिसर भक्तपुर एसपी सबिन प्रधानले भने।

यसरी क्वारेन्टाइनमा बस्नेहरु अधिकांश विदेशबाट फर्किएका छन्। मलेसिया, दुवई, कतार लगायत राष्ट्रबाट फर्किएकाहरुलाई राखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell