PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मनकारी घरबेटी: दुई महिनाको घरभाडा मिनाहा, डेरावालालाई उल्टै ५/५ हजार आर्थिक सहायता



पहिलोपोस्ट

मनकारी घरबेटी: दुई महिनाको घरभाडा मिनाहा, डेरावालालाई उल्टै ५/५ हजार आर्थिक सहायता
PHOTO : Shutterstock

काठमाडौं: कोरोना भाइरसको संक्रमण जोखिमले सम्पूर्ण क्षेत्र ठप्प छ। संक्रमण रोकथामका लागि लकडाउन गरिएको छ। रोजगारीका लागि राजधानीमा कोठा लिएर बसेका नागरिक यसको प्रत्यक्ष मारमा परेका छन्। सबै ठप्प हुँदा रोजगार पनि खोसिएको छ। यस्तो बेला कोठा भाडामा लिएर बस्नेहरुलाई भाडा कसरी तिर्ने भन्ने चिन्ता छ। यो चिन्ताका बीच केही शुभ समाचार पनि सुनिए। काठमाडौं कलंकीका एक घरबेटीले तीन महिनाको घरभाडा मिनाहा गरे। लगत्तै अन्य घरबेटीले पनि मिनाहा गर्न थाले।

यो अभियान अहिले छिमेकी भारतमा पनि सुरु भएको छ। त्यहाँ त सरकारले नै घरभाडा मिनाहा वा छुट दिन आग्रह गरेपछि घरबेटीहरु धमाधम मिनाहा गर्न थालेका छन्।

भारतको नयाँदिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले विपत्तिका बेला मानवीयता देखाउनुपर्ने भन्दै घरबेटीलाई सके भाडा मिनाहा गर्न, नसके छुट दिन आह्वान गरे। त्यो पनि नसके केही समय थप्न र किस्ता किस्तामा लिन अनुरोध गरे।

केजरीवालको आग्रहपछि दिल्लीमा घरबेटीहरु धमाधम भाडा मिनाहा गर्न थालेका छन्। मिनाहा गर्ने घरबेटीलाई केजरीवालले मंगलबार पत्रकार सम्मेलनमा नाम लिँदै धन्यवाद दिए। त्यसैगरी ट्वीटरमा समेत भाडा मिनाहा गर्ने घरबेटीको नाम उल्लेख गरेका छन्।

डेरावालालाई ५ हजार आर्थिक सहायता

दिल्लीमा एक घरबेटीले घरभाडा मिनाहा मात्र होइन उल्टै डेरामा बस्नेहरुलाई ५/५ हजारका दरले आर्थिक सहायता समेत गरेका छन्। तीन घरबेटी हुन् अनिल शर्मा। जसले मुख्यमन्त्री केजरीवालको आह्वानमा आफ्नो डेरावालाको २ महिनाको भाडा मिनाहा गरेका छन्। साथै उनीहरुलाई आर्थिक सहायताका रुपमा ५ हजार रुपैयाँ समेत दिएका छन्।

प्रफुलकुमार सिंहले पनि १ महिनाको भाडा मिनाहा गर्दै डेरावालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले अन्य घरबेटीलाई पनि आह्वान गरेका छन्।

अंकित वशिष्ठले पनि भाडा नलिने घोषणा गरेका छन्। अंकितको नाम केजरीवालले पत्रकार सम्मेलनमै लिएका थिए।

सनी गुप्ताले पनि कोरोना महामारीलाई मध्यनजर गर्दै मार्च महिनाको भाडा नलिने घोषणा गरेका छन्। कामदारलाई तलबी विदा दिने उनको भनाई छ।

यी सबैको ट्वीटलाई मुख्यमन्त्री केजरीवालले रिट्वीट गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell