PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

लकडाउन उल्लंघन गर्ने २३४ सवारी साधनसहित २ जना प्रहरीको नियन्त्रणमा



अनन्तराज न्यौपाने

लकडाउन उल्लंघन गर्ने २३४ सवारी साधनसहित २ जना प्रहरीको नियन्त्रणमा

विराटनगर : सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्दै बुधवार सञ्चालन गरिएका २ सय ३४ वटा सवारी साधनसहित २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले पहिलोपोस्टलाई दिएको पछिल्लो अपडेटमा १ सय ८२ मोटरसाइकल नियन्त्रणमा लिइएको उल्लेखित छ। त्यस्तै, स्कुटी १६ वटा, कार–भ्यान ४ वटा, साइकल २३ वटा, सिटी–टेम्पो ५ वटा र ट्रयाक्टर २ वटा पनि नियन्त्रणमा छन्।

यसैगरी, लकडाउनका बारेमा प्रहरीसँग वादविवाद गरेपछि विराटनगर बखरीका ३४ वर्षीय दशरथ शाह र २३ वर्षीय नीतेश शर्मालाई पनि नियन्त्रणमा राखिएको डिएसपी राईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell