PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'कोरोना भाइरस पार्टी' भन्दै 'रमाइलो' गर्नेमै भेटियो कोभिड १९ को संक्रमण



पहिलोपोस्ट

'कोरोना भाइरस पार्टी' भन्दै 'रमाइलो' गर्नेमै भेटियो कोभिड १९ को संक्रमण
फोटो : सिएनएन

अमेरिकाको केन्टुकेमा एकजना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ जसले हालै एउटा पार्टीमा सक्रिय सहभागिता जनाएका थिए। संक्रमित व्यक्ति ती हुन् जसले 'कोरोना भाइरस' पार्टीमा सहभागिता जनाएका थिए। सामाजिक दुरी कायम गर्न भनिरहेकै बेलामा युवाहरुको टोलीले 'कोरोना भाइरस पार्टी' आयोजना गर्दै 'रमाइलो' गरेका थिए।

विश्वभर कोरोनाको कहर मच्चिरहेको समयमा सबैतिर सामाजिक दुरी कायम राख्न भनिएको छ। तर, उनीहरु भने कोरोनाबाट मुक्त छौं भन्दै पार्टी गरिरहेका थिए।

'यस्तै कुराले मलाई दिक्क बनाउँछ,' केन्टुकेका गभर्नर एन्डी वेशरले भने, 'हामीहरुले योभन्दा धेरै सज्जन हुन आवश्यक छ।'

कोभिड १९ ले विश्वव्यापी रुपमा नै भय सृजना गरेको छ। त्यसबाट बच्नका लागि सबैजसो मुलुकका सरकार र राज्य प्रमुखहरुले सामाजिक दुरी कायम गर्न भनिरहेका छन्।

अमेरिकामा कम उमेर समूहमा पनि कोरोना भाइरसको संक्रमण बढी देखिएको छ। कोरोनाका कारण अस्पतालमा भर्ना भएका २० प्रतिशत मानिस त २० वर्षदेखि ४४ वर्ष उमेर समूहका छन्।

न्युयोर्क स्टेटमा त १८ वर्षदेखि ४९ वर्ष समूह कूल अस्पताल भर्ना भएकामा ५३ प्रतिशत रहेका छन्। अरु देशमा वृद्ध उमेरमा बढी संक्रमण देखिए पनि अमेरिकामा भने फरक अवस्था छ।

क्यालिफोर्नियामा मंगलवार एक जनाको ज्यान गयो जसको उमेर १८ वर्षभन्दा कम रहेको छ। यही १२ वर्षकी बालिका भ्यान्टिलेटरमा जीवनका लागि संघर्ष गरिरहेकी छिन्।

फ्रान्स र इटलीमा पनि कम उमेरका संक्रमितको संख्या बढेको देखिएको छ।

अमेरिकामा अहिलेसम्म ५२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ र कम्तिमा पनि ६ सय ८० मानिसको मृत्यु भइसकेको छ। केन्टुकेमा कोभिड १९ बाट प्रभावितको संख्या १ सय ६३ पुगेको छ जसमध्ये ३९ नयाँ केस हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell