PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोरोना भाइरस संक्रमण प्रभाव, रोकियो बलिउड जोडीको विवाह



पहिलोपोस्ट

कोरोना भाइरस संक्रमण प्रभाव, रोकियो बलिउड जोडीको विवाह

बलिउड जोडी अलि फजल र ऋचा चढ्डाले गत फेब्रुअरीमा विवाह घोषणा गरेका थिए। अप्रिल तेस्रो साता अदालतमा विवाह दर्ता र रिसेप्सन पार्टी आयोजना गर्ने योजनामा थिए उनीहरु। तर, विश्वभर कोरोना भाइरस संक्रमण फैलदो अवस्थामा उनीहरुले विवाह स्थगित गरेका छन्।  

हालै एक विज्ञप्ती जारी गर्दै उनीहरुले विवाह समारोह पछि सारेको जानकारी दिएका हुन्। विज्ञप्तीमा लेखिएको छ,’हामी चाहन्छौं सबै जना खुशी र सुरक्षित रहुन्। त्यसैले हाललाई समारोह आयोजना नगर्ने निर्णय लिएका हौं।‘

धेरै पटक एउटै रेड कार्पेटमा हिँडेको यो बलिउड जोडीले आफ्नो प्रेम सम्बन्धलाई गोप्य राख्यो। त्यसैले उनीहरुको विवाह घोषणा धेरैलाई सर्पाइज बनेको थियो। तर हाललाई विवाह नै स्थगित भयो।  

अलि फजलले फिल्म ‘थ्री इडियट्स’मार्फत् बलिउड डेब्यु गरेका हुन्। त्यसअघि उनी मोडलका रुपमा सक्रिय थिए। अल्वेज कभी कभी, फुक्रे, बात बन् गइ, बबी जासुस, सोनाली केबललगातय फिल्ममा उनको अभिनय रहेको छ।

ऋचा चढ्डाले भने ओए लक्की लक्की ओए, पंगा, मसान लगायत फिल्ममा अभिनय गरेकी छिन्।

यी दुईको भेट सन् २०१२ मा ‘फुक्रे’को छायांकन स्थलमा भएको हो। तर, सम्बन्धमा भने गत ५ वर्षदेखि छन्।

यसै वर्ष विवाह हुने भनिएका बलिउड जोडी रणवीर कपुर, आलिया भट् र वरुण धवन, नताशा दलालको पनि विवाह स्थगित हुने गसिप बलिउड मिडियामा देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell