PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

स्वास्थ्यमन्त्री भन्छन्: तीन दिनभित्र चीनबाट स्वास्थ्य सामग्री ल्याउँछौं



पहिलोपोस्ट

स्वास्थ्यमन्त्री भन्छन्: तीन दिनभित्र चीनबाट स्वास्थ्य सामग्री ल्याउँछौं

काठमाडौं: स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट स्वास्थ्य सामग्री ल्याउने तयारी भइरहेको बताएका छन्।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री ढकालले आगामी तीन दिनभित्र चीनबाट स्वास्थ्य सामग्री ल्याइसक्ने बताए। 'तत्कालै मित्रराष्ट्र चीनबाट स्वास्थ्य सामग्री ल्याउँछौं। ३ दिनभित्र ल्याउन सफल हुन्छौं', उनले भने।

उक्त सामग्री स्वास्थ्य मन्त्रालयको समन्वयमा सेना, प्रहरी र यातायात मन्त्रालयमार्फत प्रदेश, जिल्ला र प्रभावित क्षेत्रमा पुर्‍याइने छ।

यसअघि चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ। उसले मास्क र पीपीई लगायत अन्य मेडिकल सामग्रीहरुको सूची नै मागेको थियो।

त्यस्तै नेपालमा दोस्रो संक्रमित भेटिएपछि चिनियाँ राजदूत होउ यान्छीले नेपालीलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू तयार रहेको जानकारी दिएकी थिइन्। कोरोनाविरुद्धको लडाईमा नेपाल एक्लो नभएको र चीन साथमा रहेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell