PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

बाइक बत्ताउँदै कता...? लकडाउन अवज्ञा गरी चलाइएका सवारीलाई नियन्त्रणमा लिँदै प्रहरी

बाइक बत्ताउँदै कता...? लकडाउन अवज्ञा गरी चलाइएका सवारीलाई नियन्त्रणमा लिँदै प्रहरी

अमित मचामसी/पहिलोपोस्ट


विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले मंगलवारदेखि लकडाउन गर्‍यो। लकडाउन लागू भएको आज दोस्रो दिन पनि लकडाउन अवज्ञा गर्ने प्रशस्त भेटिए।

विशेषगरी मानिसहरु मोटरसाइकलमा बजार डुलेको पाइयो। प्रहरीले अनावश्यक रुपमा त्यसरी बजार डुलिरहेकाहरुलाई सम्झाएर पठाएको छ। अनि उनीहरुका सवारी साधनलाई नियन्त्रणमा लिएर राखिएको छ।

लकडाउन जारी रहेका बेला अत्यावश्यक बाहेकका अन्य सेवा सुविधाहरु बन्द हुन्छन्। यस्तोमा बिनाकाम बजार डुल्नुको कुनै औचित्य छैन। फेरि कोरोनाको संक्रमण फैलिरहेको अवस्थामा भिडभाडमा जानु उत्तिकै जोखिमपूर्ण पनि छ।



ट्रेन्डिङ पोस्ट

Ncell