PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लकडाउन प्रभाव : कोरोनाको आशंका गरिएका बिरामीको नमुना धनगढीमै थन्कियो



एम बम

लकडाउन प्रभाव : कोरोनाको आशंका गरिएका बिरामीको नमुना धनगढीमै थन्कियो

कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोनाको आशंकामा ८ जना बिरामीहरू उपचाररत छन्। उनीहरूमध्ये सात जना मंगलवार अस्पताल भर्ना भएका हुन भने एक जना बुधवार।

मंगलवार भर्ना भएका ४ जनाको रगत र खकारको नमुना परीक्षणका लागि काठमाडौं पठाउने भनेर चिकित्सकहरूले मंगलवारनै संकलन गरिसकेका छन्। संकलन गरिएको उक्त नमुना काठमाडौं पठाउन भने अझै नसकिएको बताइएको छ।

सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा जगदीश जोशीले लकडाउनपछि हवाई सेवा र अन्य स्थल मार्गमा सञ्चालन हुने यातायात सेवा समेत बन्द भएपछि नमुना धनगढीमै रोकिएको बताए। अस्पतालकी प्रयोगशाला निमित्त प्रमुख अस्मिता सापकोटाले संकलन गरिएको नमुनालाई उपयुक्त तापक्रममा व्यवस्थापन गरेर राख्न समेत समस्या भएको बताइन्।

यस विषयमा मन्त्रीस्तरबाट केन्द्र सरकारलाई आग्रह गर्ने विषयमा पहल भइसकेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए। तर, उक्त नमुना कसरी काठमाडौं पठाउने भनेर भने अझै टुङ्गो लाग्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell