PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

लकडाउनमा काठमाडौंबाट कन्टेनरमा लुकेर वीरगंज पुगे ५३ जना, सीधै राखियो क्वारेन्टाइनमा



राधेश्याम पटेल

लकडाउनमा काठमाडौंबाट कन्टेनरमा लुकेर वीरगंज पुगे ५३ जना, सीधै राखियो क्वारेन्टाइनमा

वीरगंज : भारत तथा विदेशबाट यात्रा गर्दै वीरगंज आइपुगेका नारायणी अस्पतालमा राखिएका पाँच जनासहित २५ जनालाई वीरगंजको क्वारेन्टाइनमा राखिएको छ।

नारायणी अस्पतालको आइसोलेशन वार्डमा पर्सा, बाराका ५ जना र भन्सार नजिकै एमबी केडिया डेन्टल हस्पिटलमा रहेका २० जनालाई नेपाली सेनाको निगरानीमा क्वारेन्टाइनमा राखिएको नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले जानकारी दिए। उनका अनुसार क्वारेन्टाइनमा राखिएका २५ जनामा कोरोना रोगको कुनै लक्षण नदेखिए तापनि यात्राको हिस्ट्रीको उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो।

नारायणी अस्पतालमा सखुवाप्रसौनीका–४ देउरवानाका २५ वर्षीय, ३२ वर्षीय र ३९ वर्षीय गरी तीनजना र उनीहरुसँगै बसोबास गरेका बारा, नौतन–४ का २६ वर्षीय र कलैया–१६ का २३ वर्षीय युवक गरी ५ जना रहेका छन्। कलैयाका युवक भारत, बैंगलोरबाट आएका छन् भने बाँकी सखुवाप्रसौनीका ३ जना कतारबाट काठमाडौं हुँदै वीरगंज आइपुगेका हुन्।

डेन्टल कलेजमा राखिएका २० जना भारतको विभिन्न राज्यबाट नेपाल फर्किने क्रममा शंकास्पद अवस्थामा तापक्रम देखिएपछि उनीहरुलाई नेपाली सेनाले केही समयको लागि क्वारेन्टाइन गरेर राखेको जनाएको छ। २५ जनाको स्वास्थ्य एक–दुई दिनमा ठीक रहयो भने घर पठाउने अस्पतालको तयारी छ।

कन्टेनरमा लुकेर आएकालाई पनि क्वारेन्टाइनमा

पर्सा प्रहरीले काठमाडौंबाट भरतपुर र हेटौडौ हुदै वीरगंज आएका ५३ जनालाई नियन्त्तणमा लिई क्वारेन्टाइनमा राखेको छ। मंगलवार मध्यराति १२ बजे ना५ ख ९२५२ आएका १ महिला, दुई महिला र ५० पुरुष गरी पर्सा, बारा र रौतहटका ५३ जनालाई घण्टाघरमा राखिएको र भन्सार नजिकको क्वारेन्टाइनमा पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell