PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

सेल्फ क्वारेन्टाइनको छैटौं दिन नम्रता श्रेष्ठको सन्देश : ख्याल राखौं, जिम्मेवार बनौं



पहिलोपोस्ट

सेल्फ क्वारेन्टाइनको छैटौं दिन नम्रता श्रेष्ठको सन्देश : ख्याल राखौं, जिम्मेवार बनौं

काठमाडौं: अभिनेत्री नम्रता श्रेष्ठ कोरोना भाइरसको संक्रमणबाट जोगिन सेल्फ क्वारेन्टाइनमा छिन्। पाँच दिनदेखि उनी घरबाट बाहिर निस्किएकी छैनन्।

बुधबार सेल्फ क्वारेन्टाइनबाटै उनले कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी अपनाउन अपिल गरेकी छिन्। उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत् भिडियो सन्देश सार्वजनिक गरेकी हुन्। भनेकी छिन्,’आशा गर्छु यहाँहरु सबै जना घरमै हुनुन्छ र आफ्नो ख्याल राख्नु भएको छ।‘

उनले आफूपनि घरभित्रै बसेर विश्वव्यापी माहामारीविरुद्ध लडेको समेत बताएकी छिन्। भनेकी छिन्,’यो भाइरस जसलाई पनि हुनसक्छ। हामी बाहिर निस्कियौं भने एकअर्कालाई सर्द्ध। घरमै बसौं। जिम्मेवार बनौं।‘ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell