PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सामाजिक सञ्जालमा जानकारीमूलक मिम जसलाई हेरेर रमाइरहेका छन् त्रासबीच मानिस



पहिलोपोस्ट

सामाजिक सञ्जालमा जानकारीमूलक मिम जसलाई हेरेर रमाइरहेका छन् त्रासबीच मानिस

कोरोना भाइरस विश्वका लागि एक दु:खद् सत्य बन्यो। डिसेम्बरको अन्त्यमा चीनमा फैलिएको यस भाइरसबारे जानकारी धेरैका लागि कुनै साइन्स फिक्सन फिल्मको कथा जस्तो बनेको थियो। धेरै राष्ट्रका मानिसले उक्त भाइरस आफ्नो देशमा फैलन सक्ने कल्पना समेत गरेका थिएनन्। तर फैलदो संक्रमण र संक्रमणकै कारण भइरहेको मृत्युको पीडामा थियो चीन।

कोरोना भाइरले खुशी हुनुपर्ने कारण दिएको थिएन। तर पनि चीनका स्वास्थ्यकर्मी एवं आम मानिस चाहन्थे संक्रमितको मनोबल उच्च रहोस्। संक्रमण नभइएकाहरु पनि त्रसित हुनुको सट्टा सावधान रहुन्। त्यसैले उनीहरुले विभिन्न भिडियो बनाए- नाचेको, गाएको, कोही संक्रमण मुक्त हुँदै खुशी मनाएको।

ती भिडियोहरु सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुसम्म छाए। मानिसहरुले ती भिडियो हेर्दै चीनको लागि कामना गरे।

तर छोटो समयमै विश्वको विभिन्न देशमा कोरोना भाइरस संक्रमण फैलन थाल्यो। मानिस आतंकित बने। त्रास फैलियो।

त्यो त्रासबीच मानिसहरुलाई जानकार र सचेत बनाउने माध्यम बन्यो सामाजिक सञ्जाल। धेरै सङ्ख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ताले चीनले अपनाएको तरिका अपनाए। कसैले कोरोना भाइरसविरुद्ध सावधानी सम्बन्धी टिकटक भिडियो बनाए। कतिले मिमहरुमार्फत् यसबाट बच्ने उपाय बारे बताए। र, यो तरिका केही मनोरञ्जनात्मक बन्यो।

कोरोना भाइरस मजाकको विषय हो? भन्ने प्रश्नबीच मिमले जानकारी दिइरहेको छ। ‘हामी सावधान रहे यो नियन्त्रणमा आउँछ’ भन्ने सन्देश प्रवाह गरिरहेको छ। मानिसलाई आशावादी बनाएको छ। हँसाएको छ।

 

नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तालो पनि यस माध्यमको भरपूर प्रयोग गरे। रोचक, व्यङ्ग्यात्मक र हाँस्य शैलीमा कोरोना भाइरस रोकथाम र सावधानी अपनाउन अपिल गरे।

केहीले इन्टर्नेट माध्यमको फाइदा उठाउँदै भ्रम, त्रास र अफवाह फैलाउने काम पनि नगरेका होइनन्। रामेछापका विवेक थापाले कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा ६ जनाको निधन भएको अफवाह अडियोमार्फत् फेसबुक र मेसेन्जरको विभिन्न ग्रुपमा पठाए। केही समयमै अडियो भाइरल भयो। मानिसहरु आत्तिए। उनले रमाइलो र फेसबुक पेज बुस्ट गर्न गरेको ‘भद्दा’ मजाकले धेरैलाई आतंकित तुल्यायो।

तर प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइसकेको छ।

कोरोना भाइरससँग जोडेर मानिसले मास्क, स्यानिटाइजर, सेल्फ केवारेन्टाइन लगायत विषय बारे अनेक मिम बनाइ रहेका छन्।

नेपाल सरकारले सात दिने लक डाउन घोषणा गरेपछि अधिकांश मानिस सामाजिक सञ्जालमार्फत आफ्नो लकडाउन दैनिकी र सेल्फ केवारेन्टाइन बारे जानकारी दिइरहेका छन्। केही आफ्नै दैनिकी बारे लेख्छन् - सेल्फ केवारेन्टाइनको पहिलो दिन मैले यो पत्ता लगाएँ कि, ‘कसरी कसरी’ बोलको गीतमा ६५ पटक ‘कसरी’ भन्ने शब्द उच्चारण हुने रहेछ।

फिल्म निर्देशक प्रदीप भट्टराईले पनि एउटा फोटो पोस्ट गर्दै हाँस्य शैलीमा लेखेका छन्- फूलेको दाह्री गन्दै श्रीमतीले भनिन्,’१७५२ वटा र’छ।’ विश्वास लागेको छैन भोलि आफै गनेर भन्छु है।

उनले उक्त पोस्ट कोरोनामय माहोलमा रमाइलोका लागि सेयर गरेको समेत जनाएका छन्।

केही त्यस्तै रमाइला मिम तथा भिडियोहरु जसले कोरोना भाइरसबारे जानकारी दिन्छन् र सावधान बनाउँछन्:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell