PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना : पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ र इटालीमा ६८३ को मृत्यु, विश्वभर मर्नेको संख्या २० हजार नाघ्‍यो



पहिलोपोस्ट

कोरोना : पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ र इटालीमा ६८३ को मृत्यु, विश्वभर मर्नेको संख्या २० हजार नाघ्‍यो
PHOTO : Reuters

काठमाडौं: कोरोना भाइरस संक्रमणबाट स्पेनमा एकैदिन ७३८ जनाको मृत्यु भएको छ। यससँगै स्पेनले पहिलोपटक कोरोना भाइरस देखिएको चीनलाई मृतक संख्यामा उछिनेको छ। इटालीपछि सबैभन्दा बढी मृत्यु स्पेनमा भइरहेको छ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार स्पेनमा बुधबार सबैभन्दा धेरै ७३८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजार ४ सय ३४ पुगेको छ। यहाँ संक्रमितको संख्या ४७ हजार ६ सय १० रहेको छ। स्थिति नियन्त्रण बाहिर गएपछि स्पेनका प्रधानमनत्रीले आपतकाल दुई हप्ता (११ अप्रिलसम्म) बढाउने तयारी गरेको बीबीसीले जनाएको छ।

इटालीमा ६८३ को मृत्यु

इटालीमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ। ५ हजार २ सय १० जना नयाँ संक्रमित देखिएका छन्। यद्यपि मंगलवार इटनलीमा ७ सय ४३ जनाको मृत्यु भएको थियो। इटालीमा मर्नेको संख्या ७ हजार ५ सय ३ पुगेको छ। इटाली र स्पेनमा मात्रै कोरोनाबाट मर्नेको संख्या १० हजार ९ ३७ पुगेको छ।

फ्रान्समा पनि बुधवार कोरोना भाइरसबाट २ सय ३१ जनाको मृत्यु भएको छ। यससँगै मर्नेको संख्या १ हजार ३ सय ३१ पुगेको छ। २५ हजार २ सय ३३ मानिस संक्रमित छन्। २ हजार ८ सय २७ जनाको अवस्था गम्भीर छ।

उता चीनमा कोरोनाको संक्रमणबाट ३ हजार २ सय ८५ जनाको मृत्यु भएको छ।

विश्वभर मर्नेको संख्या २० हजार नाघ्यो

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मर्नेको संख्या २० हजार नाघेको जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। संक्रमित संख्या ४ लाख ६० हजार पुगेको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन धेरै देशले सुरक्षाको उपाय अपनाएका छन्। लकडाउन गरेका छन्।

बुधबारमात्रै संयुक्त राष्ट्रसंघले कोरोना भाइरस मानव जीवनका लागि इतिहासकै खतरा भएको बताएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell