काठमाडौं : कोरोनाको संक्रमण बढ्ने संकेतसँगै नेपाल प्रहरी अस्पतालले आइसोलेसन वार्ड तथा आइसियु बनाउने भएको छ। तत्काल प्रिफेव आइसोलेसन वार्ड र प्रिफेव आइसोलेसन आइसियु वार्ड समेत आकस्मिक रुपमा बनाउनुपर्ने भएपछि त्यसका लागि सूचना जारी गरेको छ।
विशेष परिस्थितिमा आकस्मिक रुपमा तत्काल खरीद तथा निर्माण गर्नुपर्ने भन्दै प्रहरी अस्पताल महाराजगंजले यही १६ गतेभित्र इच्छुक फर्म, संस्था वा कम्पनीलाई बोलपत्र विवरण बुझाउन आग्रह गरेको छ। १६ गते नै बोलपत्र खुल्नेसमेत प्रहरीले जनाएको छ।
नेपालमा अहिलेसम्म ३ वटा कोरोना भाइरस संक्रमणको केस फेला परिसकेको छ। थप जोखिमको अवस्था मूल्याङ्कन गर्दै आइसोलेसन वार्ड र आइसियु तयार गर्न प्रहरी अस्पताललाई सरकारले निर्देशन दिएअनुसार यो प्रकृया अगाडि बढाइएको हो।