PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

पाउरोटी र चाउचाउ खाएर ड्युटीमा प्रहरी

पाउरोटी र चाउचाउ खाएर ड्युटीमा प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेको छ। अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घरबाटै देश चलाएको भनिसकेका छन्। उनले सबैलाई घरमै बस्न भनेका छन्।

तर, लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय देखिन्छ। सबैखाले व्यवस्थापनका लागि सडकमा सुरक्षाकर्मी खटिएका छन्। तर सुरक्षाकर्मीका लागि आवश्यक खानपानको प्रबन्ध भने निकै कमजोर छ। 

लकडाउनको कारण सबैतिर बन्द छ। बन्दको समय र नियमित ड्युटीबाहेक थप समय खटिएका छन् उनीहरु। खानपानको समेत राम्रो व्यवस्था भएको छैन उनीहरुमा। सडकमा नै बसेर खाजा खाइरहेका भेटिन्छन् सुरक्षाकर्मी।

सडकमा खटिएका केही प्रहरी मास्क, पञ्जा लगायत सुरक्षाका सामाग्री नलगाएको भेटिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell