PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

कोरोना परीक्षणका लागि चिनियाँ कम्पनीले नेपाललाई दियो दुई हजार टेस्ट किट, स्थलमार्गबाट नेपाल आउँदै



पहिलोपोस्ट

कोरोना परीक्षणका लागि चिनियाँ कम्पनीले नेपाललाई दियो दुई हजार टेस्ट किट, स्थलमार्गबाट नेपाल आउँदै

काठमाडौँ: चीनको राजधानी बेइजिङस्थित बेइजिङ म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोले नेपाललाई कोभिड-१९ विरुद्ध लड्नका लागि दुई हजार टेस्ट किट सहयोग गरेको छ।

बुधबार बेइजिङस्थित नेपाली दूतावासमा सहयोग हस्तान्तरण गरिएको हो। चिनियाँ कम्पनीले नेपाल सरकारलाई कोभिड-१९ विरुद्धको लडाईँमा सहयोग गरेको हो।

म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोको तर्फबाट काठमाडौंमा काम गरिरहेको इन्टरनेशनल इन्भेस्टमेन्ट एण्ड कोअपरेशन कन्सल्टिङ कम्पनीका अनुसार नेपालमा परीक्षण सुविधामा अभाव देखिएपछि टेस्ट किट सहयोग गरिएको हो। यो सहयोग दुई देशबीचको मित्रताको उदाहरण भएको कम्पनीले जनाएको छ।

यो सहयोगबाट नेपालमा प्रत्यपक्ष रुपमा दुई हजार जना लाभान्वित हुने छन्।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार बेइजिङबाट स्थलमार्ग हुँदै किट नेपाल पठाइसकिएको छ। 'बाटोमै छ अझै दुई/तीन दिन लाग्ला नेपाल पुग्न,' उनले भने।

टेस्ट किट विहीबार (आज) सम्म तिब्बत पुग्ने र त्यहाँबाट स्थल नाका हुँदै नेपाल ल्याइनेछ। नेपाल सरकारले हिजो मात्रै अत्यावश्क सहयोग सामाग्री चीनबाट नेपाल ल्याउने र त्यसका लागि केरुङ र तातोपानी नाका खुला गर्ने निर्णय गरेको थियो।

बुधबारसम्मको तथ्यांकमा नेपालमा ६८७ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ६८४ जनाको नेगेटिभ देखिएको छ। तीन जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जना आइसोलेसनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell