PahiloPost

Aug 11, 2020 | २७ साउन २०७७

कोरोना जोखिम नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीको एक महिनाको तलब



पहिलोपोस्ट

कोरोना जोखिम नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीको एक महिनाको तलब

विराटनगरः प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने  निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ। सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ।

कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र  उपसभामुख सरस्वती पोखरेलले एक-एक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिए।

अटेर गर्ने प्रहरी नियन्त्रणमा

भारतबाट नेपाल छिर्ने ४७ नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए। यसैगरी कोरोना भाइरसबाट  नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। यस्तै लकडाउन उल्लङ्घन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell