PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सिन्धुपाल्चोकमा लकडाउन उल्लङ्घन गर्ने १५० जना पक्राउ, ३० मिनेट सचेतना कक्षा



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा लकडाउन उल्लङ्घन गर्ने १५० जना पक्राउ, ३० मिनेट सचेतना कक्षा

मेलम्चीः सिन्धुपाल्चोकमा लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी बजारबासीलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

नियन्त्रणमा रहेकाहरुलाई लकडाउनको औचित्यका बारेमा ३० मिनेट कक्षा लिएर पठाउने गरिएको र जबर्जस्ती गर्नेलाई सङ्क्रमण रोग  ऐन २०२० अनुसार कारवाही चलाइने सिन्धुपाल्चोकका डिएसपी माधव काफ्ले बताए।

नागरिककै हितका निम्ति कोरोना भाइरस सङ्क्रमणबाट बचाउन गरिएको लकडाउन पूर्णरुपमा पालन गर्न आग्रह गर्दै कडाइका साथ सीमा क्षेत्रमा प्रहरी परिचालन गरिने जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell