PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

भारतमा कोरोनाबाट मर्नेको संख्या १५ पुग्यो, कश्मीरमा पहिलो संक्रमितको मृत्यु



पहिलोपोस्ट

भारतमा कोरोनाबाट मर्नेको संख्या १५ पुग्यो, कश्मीरमा पहिलो संक्रमितको मृत्यु

काठमाडौं: भारत प्रशासित कश्मीरमा कोरोना भाइरसको संक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। जम्मू कश्मीरमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो।

हैदरपोरा क्षेत्रका ६५ वर्षीय वृद्धको बिहीबार विहान श्रीनगरको छाती रोग अस्पतालमा मृत्यु भएको पीटीआईले जनाएको छ। ती वृद्ध सुगर, ब्लड प्रेसर र मोटापन समस्याबाट ग्रसित थिए।

श्रीनगरका मेयर जुनैद अजीम मट्टु र कश्मीर सरकारका प्रवक्ता रोहित कंसलले मृत्युको पुष्टि गरेका छन्। ती वृद्धसँग सम्पर्कमा आएका ४ जनालाई पनि कोरोना संक्रमण देखिएको छ।

कश्मीरमा वृद्धको मृत्युसँगै भारतमा कोरोनाबाट मर्नेको संख्या १५ पुगेको छ। आजतकका अनुसार बिहीबार कश्मीरसँगै गुजरात र महाराष्ट्रमा एक/एक जनाको मृत्यु भएको छ। गुजरातमा यो दोस्रो संक्रमितको मृत्यु हो भने महाराष्ट्रमा चौथो संक्रमितको मृत्यु भएको हो। भारतमा हालसम्म ६ सय ३३ जना संक्रमित छन् भने ४२ जना उपचारपछि घर फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell