PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिल्म 'तख्त'बाट हात झिक्दै फक्स स्टार, टुट्ला करण जौहरसँगको १० वर्ष लामो सम्बन्ध?



पहिलोपोस्ट

फिल्म 'तख्त'बाट हात झिक्दै फक्स स्टार, टुट्ला करण जौहरसँगको १० वर्ष लामो सम्बन्ध?

बलिवुडको प्रतिष्ठित फिल्म निर्माण कम्पनीमध्ये एक हो फक्स स्टार इन्डिया। तर, वर्ष २०२० को शुरुवातदेखि नै व्यवसायीह हिसाबमा असफलता व्योहोर्दै छ यस कम्पनीले। फिल्म छपाकदेखि पंगासम्मले बक्सअफिसमा कमजोर प्रदर्शनी गरेपछि कम्पनीलाई मार पर्‍यो।

लगत्तै कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलियो र बलिउड ठप्प भयो। यो अवस्थामा फक्स इन्डियाको पूर्वनिर्धारित कार्य योजना र बजेत प्रभावित नहुने कुरै भएन। जसका कारण करण जौहरसँगको संयुक्त लगानीमा बन्ने भनिएको फिल्म 'तख्त'बाट यस कम्पनीले हात झिक्ने भएको छ।

बलिउड हंगामाले जनाए अनुसार कोरोना भाइरस संक्रमणको प्रभाव नै करन र फक्स इन्डियाबीच सहकार्यको अन्त्य हुनुको बहाना बन्ने भएको हो। दश वर्ष यता फक्स स्टार र करन जौहरको धर्म प्रोडक्सनले थुप्रै सफल/ असफल फिल्म संयुक्त निर्माण गरेका छन्। तर, अब भने फक्स स्टारका प्रमुख विजय सिंहले सहकार्य तोड्न कागजपत्र बनाउने तयारीमा जुटिसकेका छन्।

तख्त फक्स र धर्मको लगानीमा बन्ने सबैभन्दा महङ्गो फिल्म हुने बताइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell