PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

लकडाउनका कारण न्यून आय भएका समूह भोकमरीको सिकारमा नपरुन : कांग्रेस सभापति देउवा



पहिलोपोस्ट

लकडाउनका कारण न्यून आय भएका समूह भोकमरीको सिकारमा नपरुन : कांग्रेस सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यून आय भएकालाई तत्काल राहत प्याकेज ल्याउन अनुरोध गरेका छन्।

कोरोनाको कहरबाट जोगिन सरकारले देशव्यापी लकडाउन गरेपछि कुनै पनि समूह भोकमरीको सिकार नहोस् भन्दै उनले यस्तो अनुरोध गरेका हुन्। आज ट्विट गर्दै देउवाले लकडाउन कोरोना भाइरसबाट सुरक्षति हुन सबैभन्दा उत्तम विकल्प रहेको समेत जनाएका छन्।

'म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु,' देउवाले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell