PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कोरोनाको प्रकोपबाट बच्ने उपायबारे सुझाउँदै नेता खनालले भने, ‘महामारीको भय चाँडै अन्त्य हुन्छ’



पहिलोपोस्ट

कोरोनाको प्रकोपबाट बच्ने उपायबारे सुझाउँदै नेता खनालले भने, ‘महामारीको भय चाँडै अन्त्य हुन्छ’
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कोरोना भाइरसको महामारी चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

उनले समाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन पनि आग्रह गरेका छन्। नेता खनालले घरमै बस्नका लागि अनुरोध समेत गरेका छन्।

उनी लेख्छन्, ‘कोरोना भाइरसबाट बच्नका लागि घरमै बस्नुहोस्, साबुन पानीले हात धुनुहोस्, ह्यान्ड सेनिटाइजरको नियमित प्रयोग गर्नुहोस्। आशा गरौं महामारीको भय चाडै अन्त्य हुन्छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell