PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यसो लकडाउन हेर्न निस्केको... लकडाउनमा कीर्तिपुरको फाट्टफुट्ट चहलपहल

यसो लकडाउन हेर्न निस्केको... लकडाउनमा कीर्तिपुरको फाट्टफुट्ट चहलपहल

अमित मचामसी/पहिलोपोस्ट


विश्वभर कोरोना भाइरस (कोभिड-१९)ले महामारीको रुप लिएको छ। कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या विश्वभर २१ हजार नाघिसकेको छ। यस्तोमा नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि देशव्यापी लकडाउनको घोषणा गरेको छ।

लकडाउनका कारण सबैतिर सुनसान छ। कीर्तिपुरमा पनि लकडाउनको प्रभाव छ नै। बेलाबेला फाट्टफुट्ट केही मानिसहरु देखिन्छन्, अरुबेला भने सुनसान छ कीर्तिपुर। जुन आवश्यक पनि छ। यहाँ केही किराना पसलहरु पनि बिहान बेलुकाको समयमा खुलेका देख्न सकिन्छ।

यो समयमा घरबाहिर निस्कनु भन्दा घरमै बसेर केही सिर्जनात्मक काममा लाग्दा उचित हुन्छ। कोरोनाको संक्रमण शहरभर फैलिन एक जना नै काफि हुने भएकाले घरभित्रै बसेर आफू, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्नु बद्धिमत्तापूर्ण हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell