PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पीपीई बनाउन सुरु गरेको आविष्कार केन्द्रलाई डेढ लाख सहयोग



रासस

पीपीई बनाउन सुरु गरेको आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

काठमाडौं: नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ। नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारले पठाएको रकम नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरे।

पुनको आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितको उपचारका लागि स्वास्‍थ्यकर्मीलाई आवश्यक पर्ने पर्सनल पोटेक्सन इक्युपमेन्ट (पीपीइ) बनाउन सुरु गरेको छ।

पार्टीको विभिन्न सम्पर्क समितिबाट पठाएको रु एक लाख ३५ हजार ४४१ मा प्रवक्ता शर्माले रु १० हजार थपेर अविष्कार केन्द्रलाई हस्तान्तरण गरेका हुन्। प्रवक्ता शर्माले खाडी मुलुकमा काम गर्ने नेपालीले आविष्कार केन्द्रका लागि उठाएर पठाएको रकम हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी लागेको बताए। 'कोरोना सङ्क्रमणविरुद्ध लड्न सबै नेपाली हातेमालो गरेर अगाडि बढ्नुपर्छ', उनले भने।

केन्द्रका प्रमुख पुनले कोरोना सङ्क्रमणको जोखिमका बीच पनि विदेशमा बसेका नेपालीले केन्द्रलाई सहयोग गरेकोमा धन्यवाद दिए। सबै नेपालीको हातेमालो नै केन्द्र अगाडि बढ्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell