काठमाडौः कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले जताततै सामाजिक दुरी कायम गर्न आह्वान गरिएको छ। घरमा आफन्तबीच बस्दादेखि पसलमा सामान किन्नसम्म सामाजिक दुरी कायम गर्न विभिन्न माध्यमबाट सुचना प्रवाह भइरहेको छ।
नेपाल प्रहरीले पनि अहिले सर्वसाधरणहरु अत्यावश्यक रुपमा नगई नहुने स्थानमा सामाजिक दुरी कायम गर्ने विभिन्न उपायहरु अपनाइरहेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरले आफ्नो क्षेत्रमा रहेका किरान पसल तथा अन्य स्थानमा अत्यावश्यक सामाग्री खरीद गर्दा समाजिक दुरी कायम गर्न निर्धारित क्षेत्र तोकेको छ।
पसल अगाडि केही मिटरको दुरीमा मानिसलाई छुट्छुटै चिन्ह लगाए सामाजिक दुरी कायम गरिएको छ। वृत्त प्रमुख डिएसपी छेदलाल कामती पसल पसलमा समाजिक दुरी कायम गर्ने चिन्ह लगाउँदै हिँडेका थिए।
यसअघि छिमेकी राष्ट्र भारतमा पनि यसरी नै अत्यआवश्यक सामाग्री किन्दा सामाजिक दुरी कायम गरेको फोटोहरु सामाजिक सञ्जालमा भाइरल भएको थियो।